बहराइनविरूद्ध नेपाल विजयी


काठमाडौं – एसीसी–यू १९ प्रिमियर कपको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

मलेशियामा जारी प्रतियोगिताको दोस्रो खेलमा बहराइनले दिएको ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले उक्त लक्ष्य ३ विकेटको क्षतिमा ११.४ ओभरमा पूरा गर्दै ७ विकेटको जित हात पारेको हो ।

पहिलो ओभरमा दुई विकेट गुमाएको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले जितसम्म पुर्याएका थिए । ओपनर दिपक बोहोरा, उत्तम थापा र दिपकप्रसाद डुम्रेले २.२ ओभरमा १० रन गुमाएको नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालले जित सम्म पुर्याएका थिए ।

नेपालका लागि अर्जुन कुमाल र देव खनालले ३२/३२ रन बनाएका थिए । बहराइनका लागि अनास ओबिद सायदले ३ विकेट लिएका थिए ।

त्यसअघि नेपालका लागि दिपेश कँडेल र दुर्गेश गुप्ताले बहराइनको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए ।  टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै बनाउन सक्यो ।

७८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले पहिलो ओभरमा नै २ विकेट गुमाइसकेको छ । नेपालले दीपक बोहोरा र उत्तम थापालाइ पहिलो ओभरमै गुमाएको छ ।

नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । त्यसमा उनले ८ ओभर मेडन राखेका थिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया