सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता जारी


काठमाडौं — सरकार र स्थानीय तहका कर्मचारीबीच सिंहदरबारमा वार्ता जारी रहेको छ।

विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न हिजो मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

सरकारी वार्ता टोलिका संयोजक एवं मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईका अनुसार स्थानीय तहका कर्मचारीको माग बमोजिम वार्ता चलिरहेको छ। उनका अनुसार सबैजसो माग सम्बोधन भए पनि ४–५ वटा मागको बारेमा अहिले छलफल भइरहेको छ।

उनका अनुसार वार्ता अहिले पनि जारी छ। आन्दोलनरत कर्मचारीले संघीय निजामती सेवा ऎनको सट्टा एकीकृत निजामती ऎन हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने लगायतका २० बुँदे माग राखेका छन् ।

प्रतिक्रिया