मातृभाषाको शिक्षक दरबन्दी राख्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं – आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरु समावेश गर्न आग्रह गरेका हुन्। शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ।

संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ। परम्परागत धारमा व्यवहारमा अध्ययनरअध्यापन भइरहेको ‘मुन्धुमरमुन्दुमरमुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ।

शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ। जातीय संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन्। जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरूको माग छ।

प्रतिक्रिया