

सुन्धाराको गेष्ट हाउसमा इमाडोलकी एक युवती मृत फेला

काठमाडौं – सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् ।
काठमाडौँ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् ।
घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

