इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि बिदा, परिवारलाई १० लाख राहत

मृतकको सम्झनामा राष्ट्रिय शोकको घोषणा


काठमाडौं – इजरायलमा मृत्यु भएका १० नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

प्रतिक्रिया