

कांग्रेस नेता जोशीलाई ‘ब्रेन ह्यामरेज’, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई अस्पताल भर्ना गरिएको छ ।
जोशी बिहीबार राति एक्कासी बेहोस भएपछि राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको छ ।
उनलाई ब्रेन ह्यामरेज भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनको अहिलेको स्थिति स्थिर र सुधारात्मक रहेकोले शल्यक्रियाको तयारी भइरहेको छ ।

