अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुबहाक जिप पुरियो


पाल्पा – दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाऊ गाउँपालिकाको कालीमाटीमा यात्रुबाहक जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु ३ च ५३४२ नम्बरको भ्यान पहिरोमा परेको हो ।

‘अहिले सिद्धार्थ राजमार्ग अबरुद्ध छ । घटनास्थलमा प्रहरी पुग्दैछ । पुरिएका जीपबाट मानिसहरू निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ,’ डीएसपी श्रेष्ठले भने ।

अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया