

भुकम्पबाट बझाङका केही विद्यालय र घरमा क्षति, बिस्तृत बिवरण आउन बाँकी

धनगढी – सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।
बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४० मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने ३ बजेर ६ मिनेटमा दोस्रो ६.३ रेक्टर स्केलको भुकम्पको झटका पनि महशुश गरिएको हो ।
सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

