

बझाङ केन्द्रबिन्दु भई भूकम्प, राजधानीमा पनि धक्का महसुस

सुर्खेत – बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।
भूकम्पबाट राजधानीमा पनि धक्का महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो।

