नेपालले भारतविरुद्ध पहिले फिल्डिङ गर्ने


काठमाडौं – एसियाडको क्वाटरफाइनलका नेपालमा भारतले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

नेपाली समयअनुसार पौने ७ बाट सुरु हुने खेलमा नेपालविरुद्ध भारतले टस जितेर ब्याटिङ गर्दै नेपाललाई फिल्डिङका लागि निम्तो दिएको हो ।

सोमबार भएको ड्र मा नेपाले भारत प्रतिद्वन्द्वी पाएको हो। नेपाल समूह एको विजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको थियो।

समूहको पहिलो खेलमा मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको थियो। भारत भने सिधै क्‍वाटरफाइनल खेल्दै छ।

ओडीआई विश्वकपका कारण सिधै क्‍वाटरफाइनलमा स्थान पाएका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले एसियाडमा दोस्रो रोजाइका टिम पठाएका छन्। नेपालविरुद्ध उत्रने भारतीय टिममा इन्डियन प्रिमियर लिग, आईपीएलमा उच्च प्रदर्शन गरेका खेलाडी समावेश छन्।

प्रतिक्रिया