एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडाको अग्रता


काठमाडाैं – नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा घनश्याम खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार खतिवडाले २० मतको अग्रता लिएका हुन् ।

खतिवडाले १४१ मत पाएका छन् । अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन् ।

मतपत्र ११ पेज लामो भएका कारण गणनामा ढिलो भइरहेको छ । २१५ सदस्यीय प्रदेश कमिटीमा अध्यक्षसहित १६६ पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया