


डोनाल्ड ट्रम्प म्यानहट अदालतमा उपस्थिति हुनसक्ने भएपछि सुरक्षा बढाइयो

वासिंगटन डिसी – अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार न्यूयोर्कमा आफ्नो नागरिक धोखाधडी मुद्दामा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको छ ।
उनी निकट स्रोतहरुका अनुसार ट्रम्प स्वयम् उपस्थित हुने योजना बनाइरहेको सीएनएनले जनाएको छ ।
कानून प्रवर्तन र अदालतका कर्मचारीहरूले सोमबार र सम्भवतः मंगलबार तल्लो म्यानहट्टनको अदालतमा ट्रम्पको सम्भावित उपस्थितिको लागि सुरक्षा तयारी गरिरहेका छन्।
पूर्वराष्ट्रपति ट्रम्पले भने अहिलेसम्म आफू ट्रायलमा सहभागी हुने कुरा पुष्टि गरेका छैनन् । ट्रम्पका प्रवक्ता स्टिभन चेउङले सीएनएनलाई भने, ‘अहिलेसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन।’
फ्लोरिडाका एक संघीय न्यायाधीशले छुट्टै मुद्दामा बयान स्थगित गर्ने उनको अनुरोधलाई स्वीकार गरेपछि ट्रम्पको योजनाहरू स्पष्ट हुन थालेका छन किनभने यो न्यूयोर्क ट्रायलको सुरुवातसँग बाझिएको थियो।
पूर्व राष्ट्रपति आइतबार साँझ ओटुमवा, आयोवामा एक अभियान कार्यक्रमपछि न्यूयोर्क शहर उड्नेछन् र म्यानहट्टनको ट्रम्प टावरमा रात बिताउने छन्, उनको तालिकासँग परिचित ती स्रोतहरूले भनेका छन् ।
२०२२ सेप्टेम्बरको नागरिक धोखाधडी मुद्दामा न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सले ट्रम्प, उनका जेठा छोरा, तिनीहरूका कम्पनीहरू र धेरै कार्यकारीहरू विरुद्ध ल्याइएको हो । उक्त मुद्दाको सुनवाइ स्थानीय समय अनुसार सोमबार बिहान १० बजेबाट सुरु हुनेछ।

