क्रिकेटर दिपेन्द्र ऐरीलाई आइजीपी कुँवरको बधाई


काठमाडौं – नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बधाई ज्ञापन गरेका छन् ।

ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् ।

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया