एमाले कर्णाली अधिवेशनः सचिवमा शाहीलाई समर्थन गर्दै शर्माले फिर्ता लिए उम्मेदवारी


सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डीप्रसाद शर्माले उम्मेदवारी फिर्ता गरेका छन्। उनले सचिवका अर्का उम्मेदवार ८रूद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्।

उनको उम्मेदवारी फिर्तासँगै एक सचिव पदका लागि रूद्रबहादुर शाही र ध्रुवकुमार शाहीको प्रतिस्पर्धा हुने भएको छ। कर्णाली प्रदेश कमिटीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवार कायमै छ।

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह र गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी परेको छ।

यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाहीको पनि अध्यक्षका लागि उम्मेदवारी परेको छ। पूर्वमन्त्री प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ।

उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ भने खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको छ। अधिवेशनमा विभिन्न मोर्चा संगठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरु सहभागी छन्। उनीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

मत परिणाम आइतबार सार्वजनिक गरिने निर्वाचन कार्यतालिका छ। आइतबार नै विजेताहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया