नेपालविरुद्ध भारतको अग्रता


काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा साविक विजेता भारतले घरेलु टिम नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखे ।

प्रतियोगितामा नेपाल समूह ुएुको उपविजेता र भारत समूह ुबीुको विजेताको रूपमा सेमिफाइनल आएका हुन् । समूह चरणमा नेपालले पाकिस्तानसँग १-० को हार बेहोर्दा माल्दिभ्सलाई भने ४–१ ले हराएको थियो । भारतले भने समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया