
ईःको स्वास्थ्य अवस्था बिग्रिँदै, उभिनका लागि लाैरोको सहारा
काठमााडौं– स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि अभियान्ता ईःले बुधबार बेलुकासम्म उभिने अडान लिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई चुनाव अघिका बाचा सुझाउन आन्दोलित भएका ईःले आफूलाई जस्तो पीडा भए पनि माग सम्बोधन नभएसम्म उभिने बताएका हुन्।
लगातार एकसाताअघिदेखि उभिएका ईःका खुट्टा सुन्निएर टनटन्ती भएका छन्। ‘मेरो यो पीडा केही होइन। जो सडक पेटीमा, ठेलागाडा, साइकलमा व्यापार गर्ने व्यापारीले भोग्नु परेको छ। म उहाँहरुको हितको निम्ती जस्तो सुकै परिस्थिति भोग्न पनि तयार छु। बेलुकासम्मको अवस्था के हुन्छ हेरौं,’ उनले भने।
आफ्नो माग सम्बोधन नभए आन्दोलन लम्बिनसक्नेसमेत उनले बताएका छन्।
उनीहरु मध्यरात १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्सीमा बसेर र अन्य समय उभिएरै बस्ने गरेका छन् । अहिले उभिनका लागि समस्या भएकोले लौरो टेकेर उभिएको देखिएको छ ।



कागजपत्र |
