
बागमती एमाले अधिवेशन: निर्वाचन कार्यतालिकामा हेरफेर
काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यतालिकामा केही हेरफेर भएको छ ।
बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको छ ।
प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सुची टाँसिएको छ । त्यस्तै उम्मेदवारी मनोनयनको समय साढे ११ बजेलाई निर्धारण गरिए पनि कार्यतालिका हेरफेर गरेर २ बजेपछिलाई सारिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने छ, भने बिहीबार बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन पार्टी मुख्यालय च्यासलमा मतदान स्थल तोकिएपछि एमालेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू बिहानैदेखि जम्मा भएका छन् ।



कागजपत्र |
