

नेपालले हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टि–२० सिरिजको आयोजना गर्ने भएको छ ।
मंगलबार बसेको बैठकले नयाँ कार्यसमितिको टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।

