यीनै हुन् कांग्रेस सभापति देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणीकर्ता ज्योतिष


काठमाडौं– एक पटक विछट्टै चर्चा भएको थियो– कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी।

चार पटक त प्रधानमन्त्रीको कुर्सीको सयर गरिसकेका देउवा राजनीतिक घटनाक्रमले ५ औं पटक पनि बन्ने ठूलो सम्भावनाको राजनीतिक आकारमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरेको प्रतिनिधि सभा विघटन पुनःस्थापनाको सर्वोच्चको फैसला भएपछि देउवा प्रधानमन्त्रीको कुर्सीभन्दा धेरै पर छैनन्। झन्डै दुई तिहाई बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित अवस्थामा रहेको र बेमेल रहेको यहि मौकाले देउवालाई प्रधानमन्त्री पदको नजिक पुराइसकेको छ।

५ औं पटक प्रधानमन्त्री बन्छन् या बन्दैनन् देउवा, उनको कुरा। तर ७ पटकसम्म प्रधानमन्त्री बन्न सक्ने भविष्यवाणी गर्ने ज्योतिष को हुन्?

दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल नै देउवाको राजनीतिक भविष्यवाणीकर्ता हुन्।

चुनावअघि नै उनको भविष्यवणी थियो। तर नेकपाले चुनावमा अधिक बहुमत ल्याएपछि उनको खिसी समेत भएको थियो। तर, परिस्थितिले रिजालकै भविष्यवाणीको बाटो समातेको करिब–करिब देखाइसकेको छ।

प्रचण्ड त प्रस्ताव लिएरै बुढानिलकण्ठ पुगेका थिए भने जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि देउवा नै अबको प्रधानमन्त्री भनी घोषणा गरेका थिए।

त्यति मात्र होइन कांग्रेस संसदीय दलको नेता समेत भएका कारण सरकारको नेतृत्वको जिम्मा आए देउवाको विकल्प प्रधानमन्त्रीमा अरु हुन सक्तैनन्। यसैले पनि संसद विघटनपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए,‘अब देउवाजी प्रधानमन्त्री बन्न बेर छैन।’

रिजालले ग्रहदशा हेरेका आधारमा यस्तो भविष्यवाणी गरेका छन्। हालै मात्र पनि उनले चैतसम्ममा देउवा प्रधानमन्त्री हुने योग रहेको खुलाए।

उनले हालै मात्र पनि चुनाव हुने योग नरहेको बताएका विवरण सतहमा आएका थिए। उनले भनेका थिए,‘बृहस्पती तल परेको बेला चुनाव हुन सम्भव छैन।’

राशीमा पनि देउवा बलिया छन्। देउवा कुम्भ राशीका हुन्। यो राशि ज्यादै बलवान भएर आएको छ। ‘ओली मकर राशी भएकाले कमजोर र अहिले कुम्भ बलियो भएको बेला हो’, रिजालले भनेका थिए।

प्रतिक्रिया