गैह्रीगाउँ हत्या प्रकरणः मृतक चारै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा


काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ ।

दिव्य सः मिलभित्र गएराति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चारजनाको शव फेला परेको थियो ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो ।

धनकुटाका वर्ष २८ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनी ट्याक्सी चढेर नयाँ बानेश्वर प्रहरी बृत्त पुगेर प्रहरीलाइ घटनाबारे जानकारी गराएका थिए । उनको जुत्ता र कपडामा रगत लागेकाे देखिएपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको हो । उनी घटनामा हत्या गरिएका नविन राइका साथी र साेही काठ मिलका पूर्वकर्मचारीका छोरा भएको पनि खुलेको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया