एशिया कपः उपाधिका लागि भारत र श्रीलंका भिड्ने, पाकिस्तान बाहिरियो


काठमाडौं– डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनलमा पक्का गरेको हो।

यससँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंकाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ ।

अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ। कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।

डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।

आज भारत र बंगलादेशबीच सुपर फोरको अन्तिम खेल हुँदैछ । उक्त खेल केबल प्रतिष्ठाको खेल हुनेछ किनभने भारत यसअघि नै फाइनल प्रवेश गरिसकेको छ भने बंगलादेश सुपर फोरका दुवै खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

 

प्रतिक्रिया