

अन्त्येष्टिका लागि सुरु भयाे नेम्वाङको शवयात्रा

काठमाडौँ – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ ।
बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।
शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् ।
बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

