सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, बुधबार १ बजेपछि पार्थिव शरीर घरमा राखिने


काठमाडौं – स्वर्गिय संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे गरिने भएको छ । देश बाहिर रहेका नेम्वाङका छोराहरु बुधबार अपरान्ह मात्र नेपाल आइपुग्ने भएपछि उनको अन्तिमसस्कार बिहिबार बिहान ११ बजे गर्ने भएको हो ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेम्वाङको पार्थीव शरिर भोली बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपश्चात नेम्वाङ निवास वालुवाटारमा लगिनेछ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ ।

प्रतिक्रिया