

भैरहवाको रनवेमा बुद्ध एयरको विमानमा स्याल ठोक्किएपछि…

भैरहवा – भैरहवा विमानस्थलमा बुद्ध एअरको विमानमा स्याल ठोक्किएको छ ।
७२ जना यात्रु लिएर रन वेमा दौडिरहेको बुद्धको उडान नम्बर यु४–८५२ (९एन–एएनएच) विमानमा स्याल ठोक्किएको हो ।
आज बिहान काठमाडौँतर्फ उड्न तयार सो विमानमा स्याल ठोक्किएपछि रन वेबाट पार्किङमा ल्याइएको थियो ।
प्राविधिक जाँचपश्चात् झण्डै दुई घण्टापछि सवा ११ बजे विमान भैरहवाबाट उडेको थियो ।

