दिल्ली पुगे बाइडेन, केन्द्रीय मन्त्री सिंहले गरे स्वागत


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन जी-२० बैठकमा सहभागी हुन शुक्रबार साँझ भारतको नयाँ दिल्ली पुगेका छन् । उनलाई विमानस्थलमा केन्द्रीय मन्त्री विके सिंहले स्वागत गरेका थिए ।

भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन तर उनी अधिकांश समय भारतमै रहनेछन् ।

शनिबार औपचारिक स्वागत पछि बाइडेन जी-२० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनेछन् ।

प्रतिक्रिया