

नेपाले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

काठमाडौं – एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भएका हुन् ।
यसअघि १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड । नेपालले पहिलो विकेट गुमाउने क्रममा ९।५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
२० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।

