
नेपाललाई दोस्रो झट्का
काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।
कुशल भुर्तेल आउट भएपछि मैदानमा आएका भीम ७ रन बनाउँदै रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् ।
त्यसअघि नेपालका कुशल भुर्तेल ३८ रन बनाउँदै आउट भएका थिए ।
नेपाल अहिले १६ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएर खेलिरहेको छ । नेपालका आशिफ शेख २८ रन बनाएर खेलिरहेका छन् । अब नेपालका कप्तान रोहित पाैडेल मैदान प्रवेश गरेका छन् ।



कागजपत्र |
