

नेपाल पर्यटक यातायात व्यवसायी संघमा निर्वाचनको रौनक

काठमाडाैं – नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औँ बार्षिक साधारणसभा बेदराज बास्तोलाको अध्यक्षतामा सम्पूर्ण प्यानल चुनावमा होमिएको छ । यही भाद्र १९ गते हुन लागेको संघको निर्वाचनमा बेदराज बास्तोलाको प्यानल भित्र बरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम उठ्ने भएका छन ।
रमेश गौतम संगै दित्तीय उपाध्यक्षमा बिनोद तामाङ, महासचिबमा केदारनाथ कट्टेल, सचिबमा तेज लामा, कोषाध्यक्षमा रामकुमार बस्नेत, सदस्यहरुमा टेक पुन मगर, नकुल तिमल्सिना, राम आचार्य र नबराज अर्याल सहितको टिम निर्वाचनमा होमिएको हो ।
उक्त संघ संग जोडिएका पुर्व टिमहरुलेनै बेदराजको प्यानललाई साथ् दिने निश्चित देखिएको छ। पुर्व अध्यक्ष रामसरण कार्की, पुर्व अध्यक्ष साङ्गे लामा, पुर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, पुर्व प्रथम उपाध्यक्ष राजकुमार लामा, पुर्व प्रथम उपाध्यक्ष भिम गोले लगाएतका अधिकंश यातायात ब्यबसायीहरुले प्यानललाइनै समर्थन गर्ने घोषणा गरेको छ।
चुनाव आफूहरुकै प्यानलले जित्ने बरिष्ठ उपाध्यक्षका दाबेदार रमेश गौतमले जानकारी दिए। उनका अनुसार आफुहरुले यातायात व्यवसायीको मर्क बुझ्दै आएको र आफुहरुले व्यवसायलाइ अझै परस्कृत हुनेगरी सस्थाको नेतृत्व लिन खोजेको जानकारी दिएका छन। सकभर सहमतिमै सर्वसम्मत आफूहरुकै प्यानल प्रवेश गर्ने नत्र निर्वाचनमा होमिन पनि तयार भएको गौतमले जानकारी दिए।

