प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल भिड्दै


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल भिड्दै छन् । आर्सनलको मैदानमा हुने सिटी र आर्सनलबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ ।

आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ । सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ । सिटी २६ खेलमा ५६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।

आर्सनल ३२ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । आर्सनल घरेलु मैदानमा सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । एजेन्सी

प्रतिक्रिया