

मुल्तानमा रोहित पौडेल VS बाबर आजमः कस्तो रहला नेपाली टिमको प्रदर्शन ?

काठमाडाैं – नेपाली क्रिकेट प्रेमीहरुका लागि भोलि पाकिस्तानको मुल्तान स्टेडियम ऐतिहासिक सावित हुँदैछ । करिब ३ करोड क्रिकेटप्रेमीहरुले नेपाललाई भारत, पाकिस्तान जस्ता क्रिकेट जायन्टसँग मैदान सेयर गरेको हेर्ने सपना एसिया कपमार्फत् पूरा हुँदैछ । क्रिकेटका महारथी देशविरुद्ध खेलेको हेर्ने चहाना खेलपे्रमीहरुको पहिलेदेखिनै रहँदै आएको थियो । भोलि बुधबार अर्थात् अगस्ट ३० तारिख हाइब्रिड मोडलबाट पाकिस्तान र श्रीलंकामा प्रतियोगिता सुरु हुँदैछ ।
१६औ्र संस्करणको एसिया कपको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र पाकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा खेलिने छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । पाकिस्तान अहिले आईसीसीले गरेको एकदिवसीय बरियतामा शीर्षस्थानमा रहेको छ भने नेपालको अर्को प्रतिद्वन्द्वी भारत तेस्रो स्थानमा रहेको छ भने नेपाल भने १५ औं बरियतामा रहेको छ ।
नेपालले आइसिसि बरीयतामा पहिलो र तेस्रो वरीयतामा रहेको टिमसँग खेल्न लागेको यो पहिलोपटक हो । एसियाकपको पहिलो खेलमानै नम्वरवान टिमसँग खेल्ने अवसर पाएको छ । नेपाल जस्तो एसोसिएट राष्ट्रको लागि सुनौलो अवसर हो । नेपाली टिमको लागि सोचेको जस्तो सहज भने पक्कै हुनेछैन । नेपालले विश्व क्रिकेटमा आप्mनो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा लिनुपर्ने छ । नेपालको लागि हार वा जित भन्दापनि राम्रो क्रिकेट खेलेर विश्वलाई आफ्नो खेल कौसल क्षमताबाट नेपालमा पनि प्रतिभाको कमी छैन नेपालीले पनि अवसर पाएको खण्डमा क्रिकेट महारथीविरुद्ध पनि उत्कृष्ट खेल खेल्न सक्छ भन्ने छाप छाड्ने अवसर छ । खेल हो हारजित खेलको नियमनै हो । एउटाले जित्दा अर्को पराजित हुनैंपर्छ । नेपालले नतिजा भन्दा पनि आफ्नो स्वाभाविक खेल खेल्नुपर्दछ ।
पाकिस्तानी टोली अहिले उच्च लयमा रहेको छ । उसले दुईदिन अघिमात्र अफगानिस्तानको एशिया कप खेल्ने टोलीसँग ३ खेलको एकदिवसीय सिरिज क्लिनस्वीप गरेको थियो । यस सिरिजमा गरेको पाकिस्तानको प्रर्दशनलाई मध्यनजर गर्दा नेपालको लागि भोलीको खेलमा आफ्नो स्तरभन्दा माथिको प्रर्दशन गर्नुपर्ने हुन्छ ।
नेपाली ब्याट्म्यानहरुका लागि भोली टाउको दुखाई बन्न सक्ने पकिस्तानका प्रमुख खेलाडीहरु बायाँहाते तिब्रगतिका बलर साहिनशा अफ्रिदी, दायाँहाते बलर हारिश राओ, नशिम साले बलिङको कमांण्ड सम्हाल्नेछन् । नेपाली बलरहरुले भने बाबर आजम, महोमद रिजमान, फकर जमान, इफतकार अहमद र पूर्वक्याप्टेन सदाव खानविरुद्ध चुनौतीपूर्ण बलिङ गर्नुपर्ने देखिन्छ ।
नेपालको टिममा भने सबै खेलाडीहरुको प्रदर्शन समान खालको रहेको देखिन्छ । पछिल्लो समय एसीसी प्रिमियर कपबाट लयमा फर्किएको नेपाली टिमका लागि सबैभन्दा सुखद् पक्ष भनेको विश्व चर्चित क्रिकेटर सन्दीप लामिछाने टिममा सहभागी हुनु नै देखिन्छ । त्यसका साथै एसियाकपकै कान्छा कप्तान नेपालका रोहित पौडेलको कप्तानीमा प्रत्येक फरक खेलमा फरक खेलाडीको प्रदर्शन उत्कृष्ट हुनुले पाकिस्तान विरुद्धको खेलमा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेमा पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गर्दछ ।
नेपालका ब्याटिङमा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेलले ब्याटिङ कमाण्ड सम्हालेको खण्डमा पाकिस्तानविरुद्ध उत्कृष्ट लक्ष्य प्रस्तुत गर्नसक्छ । त्यस्तै अलराउण्डर गुल्सन झा यसपटकको एसियाकपमा आईसीसीले ‘प्लेयर टु वाच’मा राखेका एकमात्र नेपाली हुन् । त्यसैले उनको प्रदर्शनले पनि नेपाललाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ । बलिङतर्फ भने नेपालको फास्ट बलिङको कमाण्ड सोमपाल कामी र करण केसीले सम्हाल्नेछन् भने ललित राजवंशी र सन्दीप लामिछानेले स्पीनमा जादु देखाउन सक्छन् । उनीहरुलाई अलराउन्डर गुल्सन झाले साथ दिँदा पाकिस्तानको बलियो ब्याटिङक्रम धर्मराउन सक्छ ।
लामोसमयपछि पाकिस्तानले विदेशी टिमसँग आफ्नै मैदानमा खेल्न गइरहेको अवस्थामा उद्घाटन खेल हुने मुल्तान स्टेडियममा पूरा दर्शक क्षमतामा क्रिकेटप्रेमीहरु आउने निश्चित भएको छ । ३० हजार क्षमताको उक्त स्टेडियममा मंगलबार बिहानसम्म करिब ५ हजार सिटको टिकटमात्र बाँकी रहनुले नेपालका लागि पाकिस्तानसँगको खेल कीर्तिपुरकै जस्तो क्रिकेट क्राउडका बीच हुने निश्चित छ ।
जे होस् अब भारत र पाकिस्तानसँग खेल्दा विश्वले नेपालको खेल हेर्नेछ । भारत र पाकिस्तानलाई हराउन अहिलेको अबस्थामा नेपालको जादुमय प्रर्दशन बाहेक असम्भव प्रायः नै छ तर तर खेल हो र मैदानमा उत्रिइसकेपछि उत्कृष्ट प्रदर्शन गर्ने टिमले जित हात पार्छ । यसअघि पनि कमजोर भनिएका देशहरुबाट बलिया भनिएका देशहरु पराजित भएको इतिहास सर्वविदितै छ । उद्घाटन खेलमा पाकिस्तान हार्न चहाँदैन भने नेपाल भने जित्न चाहन्छ । त्यसैले दुवै टिम आ–आफ्नो लक्ष्यमा पुग्नका लागि मैदानमा उत्रिएका ११/११ जना खेलाडीले कस्तो प्रदर्शन गर्छन् त्यो हेर्न अब १ दिनमात्रै कुर्नुपर्नेछ ।

