घरायसी कामले बिदा लिएका सांसद एनजिओको कार्यक्रममा !


विराटनगर – घरायसी कामले प्रदेशसभा बैठकमा बिदा लिएका नेकपा एमालेका सांसद खडगबहादुर बस्नेत एनजिओको कार्यक्रममा भेटिएका छन् ।

सोमबार विराटनगरको होटल स्वागतममा आयोजित एक कार्यक्रममा उनी पूरा अवधि आफूहरु सँगै सहभागी भएको नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष लिलाबल्लभ घिमिरेले जानकारी दिए।

नागरिक शिक्षा र  मानवअधिकार विषयक कोक्यापले आयोजना गरेको  प्रदेशस्तरीय कार्यक्रममा उनी पूरा अवधि बसेका थिए। ‘हामी कार्यक्रममा सँगै सहभागी भयौ’, अध्यक्ष घिमिरेले भने, ‘उहाँ कार्यक्रमको पूरा अवधि बस्नुभयो।’

मोरङ क्षेत्र नम्बर १ को २ बाट निर्वाचित उनीसहित एमालेका सातजना ज्येष्ठ सदस्य र  राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी गराएका थिए।

उनीहरू सबैले घरायसी समस्या भएको भन्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । यसरी घरायसी समस्या भन्दै बिदा मागेका सांसद एन्जिओको कार्यक्रममा भेटिएका हुन्।

प्रतिक्रिया