डेब्यूमै गोल गर्दै इजरायलमा साम्बाको उत्कृष्ट सुरूवात


काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् ।

होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् ।

बुधबार राति भएको खेलमा रानानाले हादेरालाई २–० गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको छ ।

रानानाका लागि आदि गोल्डेन र साम्बाले समान एक गोल गरे।

 

प्रतिक्रिया