
राजीनामा गर्न बाहेक गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : ओली
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्टममा राजीनामा दिन बाहेक अरु कुरामा बोल्न जानु अनौठो कुरा भएको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्री असफल भएको समेत आरोप लगाए । केही दिन अघि गृहमन्त्रीले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।
‘गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ,’ ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’



कागजपत्र |
