
खराब मौसमले चितवनमै रोकिए ‘प्रचण्ड’
चितवन – लगातार अविरल वर्षापछि देखिएको मौसमको खराबीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्।
शक्रबार भरतपुर आएका प्रधानमन्त्री दाहाल आइतबार बिहान विहान ७ः३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने रहे पनि अविरल वर्षाका कारण नियमित उडान हुन नसकेपछि चितवनमै रोकिएका हुन् ।
भरतपुरमा विहान ८ः५५ मा काठमाडौंबाट जहाज ल्यान्ड भए पछि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको भरतपुर विमानस्थल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहाल पारिवारिक भेटघाटका लागि भरतपुर आएका थिए। उनी शिवनगरस्थित निवासमा बसेका थिए।



कागजपत्र |
