

कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

धनगढी – कैलालीमा नदीमा डुबेर शुक्रवार दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका-८ बडैपुर शिविरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोही शिविरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन् ।
घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुवै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए ।

