

तीन वर्षमा ९ वर्षका बालक आफ्नै कमाइले अर्बपति बने

काठमाडाैं – ९ वर्षका एक बालक अर्बपति भएका छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपैयाँ कमाएका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्ने तर सत्य हो ।
रेयान काजी नामका ९ वर्षका बालकले डिजिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमाइ गरेका छन् । उनी २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।
अमेरिकाको टेक्सासका ९ वर्षका रेयान काजी युट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडियो राख्छन् । भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् । रेयानको रिभ्यूको तरिका मानिसहरुले निकै मन पराउन थाले र उनको फ्यान फलोइङ बढ्दै गयो ।
रेयानको लोकप्रियता तीन वर्षमै चरम स्थितिमा पुगिसकेको थियो । २०२० मा युट्युबबाट धेरै कमाउनेको सूचीमा दोस्रो स्थानमा जिमी डोनाल्डसन छन् । किस्टर बिस्ट भनेर चिनिने डोनाल्डसनले २०२० मा युट्युबबाट करिब २४ मिलियन डलर कमाएका छन् ।
उनी २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका थिए । रेयानको लोकप्रियताका कारण कैयौं चर्चित खेलौना कम्पनी आफ्नो खेलौनाको रिभ्यू गराउन उनीकहाँ आउँछन् ।
यसका अलावा उनले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङबाट पनि उनले २०० मिलियन डलर कमाएका छन् । रेयानले हालै निकलोडिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौता गरेका छन् । काजीको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ ।
यो भिडियो युट्युबको इतिहासमा सबैभन्दा धेरै हेरिएका ६० भिडियोमध्ये एक हो । रेयानले २०१५ मा भिडियो बनाउन सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भिडियो हेर्न थालेपछि आफैंले भिडियो बनाउने आइडिया आएको थियो ।

