
झापाको मेची क्राउनमा किन पुगे पूर्वयुवराज पारसबाहेक पूर्वराजपरिवारका सबै सदस्य?
काठमाडौं– झापाको धुलाबारीस्थित पाँचतारे मेची क्राउन होटलमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका सबै सदस्य बुधबारदेखि एक साताका लागि बस्न सुरु गरेका छन्।
पूर्वयुवराज पारस शाहबाहेक ज्ञानेन्द्रसहित पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, नातिनीहरू पूर्णिका, कृतिका, नाती हृदयेन्द्र र परिवारका अन्य सदस्य समेत होटलमा पुगिसकेका छन्।
७ फागुन अर्थात् शुक्रबारे राजपरिवार सदस्यको जमघटका लागि उनीहरू त्यहाँ पुगेका हुन्। झन्डै दुई महिनादेखि झापास्थित हिमालय टि स्टेटस्थित निवासमा रहेका राजपरिवारका सदस्य पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सव मनाउनका निम्ति होटल मेची क्राउनमा पुगेका हुन्।
कतिपय परिवारका सदस्य र शुभेच्छुक पनि पुगेका छन्। शुक्रबारको जन्मोत्सवमा शुभकामना दिनका निम्ति राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पुग्ने कार्यक्रम छ।



कागजपत्र |
