रोहित चौधरीको हत्या आरोपमा थप दुई जना पक्राउ, ८ राउन्ड गोली बरामद


विराटनगर – २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राई र धरान उपमहानगरपालिका ८ का २९ वर्षीय सुजन तामाङ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राईलाई शनिवार बिहान उनकै घरबाट ८ राउन्ड गोलीसहित र तामाङलाई इटहरी उपमहानगरपालिका ४ बाट शुक्रवार दिउँसो पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोही घटनामा यसअघि २ जनालाई पक्राउ गरेर मंगलवार प्रहरीले सार्वजनिक गरेको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका २० सेउती पुलमा मोरङ विराटनगर महानगरपालिका ५ कोचाखाल बस्ने २८ वर्षीय चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया