

कोशी मुख्यमन्त्रीको सपथ साँझ ५ बजेका लागि सर्यो, राजीनामा दिएका सभामुख गाैतम मन्त्री बन्दै

विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धब थापाको सपथ सपथ समय सरेको छ । आज बिहान साढे १० बजे लिने भनेको शपथ बेलुका ५ बजेलाई सरेको हो ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेबाट ५ बजेलाई सरेको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीसहित बिहान साढे १० बजे शपथ हुने बताईएको थियो ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याविनेटका मन्त्री दोहोरिने संकेत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार, राककुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीबिहीन थिए ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गाैतम पनि मन्त्री बन्ने जनाइएको छ ।
स्रोतले दिएको जानकारी अनुसार आज काँग्रेसबाट प्रदिपकुमार सुनुवार, माओवादीबाट बाबुराम गौतम र नेकपा एसबाट कमल जबेगुले शपथ लिनेछन् ।

