प्रधानन्यायाधीश सिफारिस नगरी सकियो संवैधानिक परिषदको बैठक, बिहीबार पुन बस्ने


काठमाडौं – संवैधानिक परिषद्को आज बसेको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । सर्वोच्च आदलतको प्रधानन्यायाधी सिफारिस गर्न बसेको बैठक आज कुनै निष्कर्ष नगरी टुंगिएको हो ।

बिहीबार अपराह्न ५ बजे पुन बस्ने परिषद्को बैठकबाट प्रधानन्यायाधीश र अरू संवैधानिक निकायमा रिक्त रहेका पदमा सिफारिस गर्ने सहमति भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

बहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि उक्त स्थानमा नयाँ प्रधानन्यायाधीश नियूक्त गन नाम सिफारिस गर्न संवैधानीक परिषद सदस्य छलफलमा जुटेका हुन् ।

न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष पूरा भएका ११ न्यायाधीशहरुको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको छ । संविधानमा सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।

सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पुगेको छ ।

 

प्रतिक्रिया