कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेश


विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

नेता कार्कीले ४७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आज (मंगलबार) साँझ ५ बजेसम्म बहुमतका आधारमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया