

मधेशमा छैठौं पटक मन्त्रीपरिषद विस्तार, कांग्रेसका मोहमद र जनमतका चन्दन बने मन्त्री

जनकपुरधाम – मधेश प्रदेशमा आज छैठौं पटक मन्त्रीपरिषद विस्तार भएको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारमा आज नेपाली कांग्रेसका एक जना र जनमत पार्टीका एक गरी दुई जना मन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

