

डडेल्धुरामा एक युवती मृत फेला

डडेल्धुरा – जिल्लाको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज (बिहीबार) बिहान मृत फेला परेकी हुन्।
दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेको थियो। उनी हिजो राति १२:३० बजे घरबाट हराएकी थिइन्।
रातभरी खोज्दा नभेटिएकी उनी बिहान मात्रै पहिरोमा मृत अवस्थामा फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना शंकास्पद भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

