कोशीमा उपधारा ३ अनुसारको सरकार बनाएर विश्वासको मत पुर्‍याउने एमालेको लक्ष्य


काठमाडौं – कोशी प्रदेश सरकार गठन विवादमा सर्वोच्चको फैसला स्वागत गर्दै नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारमा दाबी पेस नगर्ने भएको छ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सर्वोच्चको फैसलाले आफूहरुले माग गरेको सबै कुरा सम्बोधन नगरेको तर केही विषय भने सच्चाएको भन्दै अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।

उपधारा ३ अनुसार सरकार गठन हुन नसकेमा उपधारा ५ मा पुग्दै विघटनतिर जाने भएकाले यसमा सहमत हुनुपर्ने उनले बताए। यदि उक्त धारामा सहमति वा विश्वाासको मत प्राप्त नभएमा उपधारा ५ अनुसारकै सरकार गठनका लागि अन्य दलहरुलाई सहयोग गर्न पनि एमाले तयार रहेको उनले बताए। उनले यस्तो सरकार गठन हुने अवस्थामा पहिलो प्राथमिकता राप्रपाले पाउने बताए।

प्रतिक्रिया