

कांग्रेस केन्द्रीय समितिमा जवाफ दिँदै देउवा

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन्।
साउन २ गतेदेखि चलेको बैठकमा यसअघि नै सभापति देउवाबाहेक अरू सबै पदाधिकारी र केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
आज सभापति देउवाले धारणा राख्ने र बैठक सक्ने कार्यक्रम छ। कांग्रेसले केन्द्रीय समितिका निर्णयबारे जानकारी दिन सानेपामा पत्रकार सम्मेलनसमेत गर्दै छ।

