

कर्णाली नदीमा डुबेर एक जना बेपत्ता

धनगढी – कर्णाली नदीमा बुडेर एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका-७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन्।
नुहाँउने क्रममा मोहन्याल गाउँपालिका-७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलबार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ।

