घरमा आगजनी गरेको आशङ्कामा १० जना नियन्त्रणमा


सुर्खेत – जुम्लाको गुठीचौर गाउँपालिका-४ का ७ वटा घरमा आगजनी गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार राति गाउँपालिका विभिन्न ठाउँमा आगजनी गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

पालिकाको धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया