
भारतविरुद्ध नेपाल संकटमा, गुम्यो तेस्रो विकेट
काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरमै गुमाएको नेपालले अर्का ओपनर आशिफ शेखलाई पनि निजी ७ रन बनाउँदा गुमाएको थियो ।
भुर्तेल आउट भएपछि मैदान आएका देव खनाल पनि १५ रन बनाउँदै आउट भएपछि नेपाल संकटमा परेको हो ।
अहिले नेपालका लागि कप्तान रोहित पौडेल र भीम सार्की ब्याटिङमा छन् । अहिले नेपालले ७.२ ओभरमा ३० रन बनाएर ३ विकेट गुमाएको अवस्थामा छ ।
त्यसअघि नेपालका कप्तान रोहित पौडेलले भारत ‘ए’ को खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
।



कागजपत्र |
