कोसी प्रदेशमा नयाँ सरकार गठनको तयारी


विराटनगर – कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि तयारी थालिएको छ। विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी सुरु भएको हो।

प्रदेशसभा सचिवालयले कार्कीले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएपछि कोसीमा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको प्रश्तावमा मत विभाजन हुँदा उनले बहुमत पाउन सकेनन्।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले प्रदेशसभाको विश्वास गुमाएको पत्र प्रदेश प्रमुखलाई पठाएको हो। पत्र प्राप्त भइसकेका कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले छलफल एवं परामर्श गरिरहेको जानकारी श्रेष्ठले दिए। सम्भवतः प्रदेश प्रमुख खापुङले आज साँझसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने स्रोतको भनाइ छ।

प्रतिक्रिया