

मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, कोशीमा ढल्यो एमाले सरकार

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएनन् ।
विश्वासको मत पाउँ भन्दै कार्कीले प्रस्ताव गरे पछि भएको मतदानमा कार्कीको पक्षमा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो ।
९३ जना प्रदेश सभा सदस्य रहेको कोशीमा विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले प्राप्त गरेको ४६ मत बहुमत नभएको हुनाले उनले विश्वासको मत नपाएका हुन् ।
विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।
अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

